नेपाल एसबिआई बैंकलाई ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’
बुधबार, २१ फागुन २०८१, २३ : ०४
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने यस प्रतिष्ठित अवार्ड बैंकले वाणिज्य बैंक विधामा प्राप्त गरेको हो।
उक्त अवार्ड नेपाली कर्पोरेट क्षेत्र र सामाजिक विकासमा नेपाल एसबिआई बैंकको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्रमुख निर्णायक प्राडा फत्तबहादुर केसीले अवार्ड हस्तान्तरण गरे।
सो अवसरमा स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझा तथा नेपाल सरकारका गृह मन्त्री माननीय रमेश लेखकको पनि विशेष उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण