महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
काठमाडौँ । इङ्ल्यान्ड, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सका फुटबल संघले सन् २०३५ को फिफा महिला विश्वकप संयुक्त रुपमा आयोजना गर्ने दाबी प्रस्तुत गर्ने भएका छन् । यसका लागि यी चार राष्ट्रिय फुटबल संघले सहमति गरिसकेको समाचारमा जनाइएको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपको उक्त संस्करण युरोप वा अफ्रिकामा आयोजना गर्ने प्रतिबद्धता सार्वजनिक गरेलगत्तै यी चार राष्ट्रिय फुटबल संघले यस्तो सहमति गरेका हुन् । सन् २०३१ र सन् २०३५ को फिफा महिला विश्वकपका लागि यसै वर्ष निर्णय गरिने भएको छ ।
यसका लागि फिफाले सन् २०२५ को अन्तिम चौमासिकमा बोलपत्र सार्वजनिक गर्ने तयारी अगाडि बढाएको छ । सन् २०३१ को महिला विश्वकप आयोजना गर्न भने अमेरिकाले लामो समयदेखि चासो व्यक्त गर्दै आएको छ ।
अमेरिकाले यसअघि सन् २०२७ को महिला विश्वकप आयोजना गर्ने तयारी अगाडि बढाएको थियो । तर, महिला विश्वकपको उक्त संस्करणको अधिकार ब्राजिलले पाएको थियो । त्यसैले पनि सन् २०३१ को विश्वकप अमेरिकाले पाउने बलियो सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण