जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेस गर्छौंः सभापति सिंह
बिहीबार, २२ फागुन २०८१, १२ : २०

काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेश गर्ने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन्। उनले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेश गर्ने बताए। उनले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले भने– ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
-
मङ्गलबारदेखि ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ हुँदै
-
५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए
-
एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !
-
जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरू
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा