रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
कीभ । गए राति रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनको क्रिभी रिहस्थित एक होटलमा चार जनाको मृत्यु भएको छ ।
रुसले हानेको ब्यालिस्टिक मिसाइलले सहरको एउटा होटलमा लागेको थियो । सोही होटलमा अमेरिका र बेलायती स्वयंसेवक पनि रहेको तर उनीहरू भाग्यले बाँचेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाई छ ।
युक्रेनी भाषामा टेलिग्राम च्यानलमा लेख्दै जेलेन्स्कीले यस्तो बताएका हुन् । क्रिभी रिहमा रातभरि नै उद्धार कार्य चलेको उनले जानकारी दिए । आक्रमण हुनु केहीबेर अघि मात्रै होटलमा मानवीय संगठनका युक्रेन, अमेरिका र बेलायती स्वयंसेवक छिरेका थिए । होटलको कोठाबाट उनीहरू भाग्न सफल भएकोले उनीहरू बाँचेको तर यस आक्रमणमा अरू चार जनाको मृत्यु भएको जेलेन्स्कीले भनेका छन् ।
यस आक्रमणमा ३० जनाभन्दा धेरे घाइते भएको र सबैलाई आवश्यक सहायता उपलब्ध गराइएको पनि उनले बताए । मिसाइल लागेर होटल आसपास सर्वसाधारणका कयौँ सम्पत्तिमा क्षति पुगेको बताइएको छ । अहिलेसम्म पनि उद्धार कार्य जारी रहेको जेलेन्स्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण