रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे

कीभ । गए राति रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनको क्रिभी रिहस्थित एक होटलमा चार जनाको मृत्यु भएको छ ।
रुसले हानेको ब्यालिस्टिक मिसाइलले सहरको एउटा होटलमा लागेको थियो । सोही होटलमा अमेरिका र बेलायती स्वयंसेवक पनि रहेको तर उनीहरू भाग्यले बाँचेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाई छ ।
युक्रेनी भाषामा टेलिग्राम च्यानलमा लेख्दै जेलेन्स्कीले यस्तो बताएका हुन् । क्रिभी रिहमा रातभरि नै उद्धार कार्य चलेको उनले जानकारी दिए । आक्रमण हुनु केहीबेर अघि मात्रै होटलमा मानवीय संगठनका युक्रेन, अमेरिका र बेलायती स्वयंसेवक छिरेका थिए । होटलको कोठाबाट उनीहरू भाग्न सफल भएकोले उनीहरू बाँचेको तर यस आक्रमणमा अरू चार जनाको मृत्यु भएको जेलेन्स्कीले भनेका छन् ।
यस आक्रमणमा ३० जनाभन्दा धेरे घाइते भएको र सबैलाई आवश्यक सहायता उपलब्ध गराइएको पनि उनले बताए । मिसाइल लागेर होटल आसपास सर्वसाधारणका कयौँ सम्पत्तिमा क्षति पुगेको बताइएको छ । अहिलेसम्म पनि उद्धार कार्य जारी रहेको जेलेन्स्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघबारे निर्णय लिन बसेको देउवासहितको बैठक अनिर्णीत
-
वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत
-
तीन सुपर ओभरसँगै विश्व क्रिकेटमा नेपाली टोलीले बनाएका केही महत्त्वपूर्ण रेकर्ड
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’
-
गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय