ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।
आईपीएलको नयाँ सिजन सुरु हुनुभन्दा करिब दुई साताअघि सनराइजर्स हैदराबादले आफ्नो टोलीमा परिवर्तन गरेको छ । इङ्ल्यान्डका ब्राइडन कार्स चोटका कारण टोलीबाट बाहिरिएपछि सनराइजर्स हैदरावादले उनको स्थानमा वियान मुल्डरलाई टोलीमा स्थान दिएको हो ।
मुल्डर दक्षिण अफ्रिकाका तिब्रगतिका बलर हुन् । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । वियान मुल्डरलाई ७५ लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले क्लबमा आबद्ध गरेको हो । ब्राइडन कार्स भने च्याम्पियन्स ट्रफीका क्रममा घाइते भएका हुन् ।
अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको खुट्टाको औँलामा गम्भीर चोट लागेको थियो । त्यसलगत्तै उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएका थिए । आईपीएलको मेगा अक्सनमा सनराइजर्स हैदरावादले ब्राइडन कार्सलाई एक करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण