एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि

मोरङ । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको नयाँ नेतृत्वको लागि बुधबार भएको मतदानको मतगणनामा अध्यक्ष केपी ओलीको समर्थन पाएको प्यानल पछाडि परेको छ । अहिलेसम्म २०० मतगणना सम्पन्न हुँदा अध्यक्षसहित पाँचै जना पदाधिकारीमा नेता विनोद ढकालले अगाडि सारेका प्यानलको अग्रता कायम राखेको छ ।
ढकाल पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ९८ मत प्राप्त गर्दा ओलीको समर्थन पाएका उम्मेदवार राजकुमार ओझाले ८४ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि ढकाल टिमका सागर थापाले ९८ मत प्राप्त गर्दा संस्थापन पक्षकी शान्तिकुमारी लिम्बूले ७७ मत पाएकी छन् ।
सचिवमा ढकाल पक्षका सोमराज थापाले ९६ मत प्राप्त गरेका छन् भने संस्थापन पक्षका रविन थापाले ७८ मत पाएका छन् । यस्तै उपसचिव पदमा ढकाल पक्षका सन्तोष वान्तवाले १०५ मत प्राप्त गर्दा संस्थापनका इर्जलाल राजवंशीले ६८ मत पाएका छन् ।
महिला सहसचिवमा सुरुवाती गणनामा संस्थापन पक्षकी शिल्पा निराला कार्कीको अग्रता भएकोमा अहिले उनी पनि पछि परेकी छन् । कार्कीले ८२ मत प्राप्त गर्दा ढकाल पक्षकी उषा झाले ९३ मत पाएकी छन् ।
दिउँसो सभा ३ बजेदेखि एमाले पार्टी कार्यालय पाञ्चालीमा मतगणना सुरु भएको हो । अधिवेशनमा ८८८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार