अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
बुटवल । लुम्बिनी प्रदेशका चार जिल्ला अर्घाखाँची, गुल्मी, प्युठान र पाल्पाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक अर्घाखाँचीको धार्मिक स्थल पाणिनी तपोभूमिमा बसेको छ ।
बिहीबार पाणिनी तपोभूमिमा अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक बसेको हो । बैठकले एक आपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
बैठकमा चार जिल्लाका साझा सुरक्षा चुनौतीहरू पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरूबाट हुन सक्ने फौजदारी अपराध, लागू औषध, मानव बेचबिखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने सहमति भएको उनले बताए ।
सीमा जोडिएका क्षेत्रमा एक आपसमा साझेदारी गरी प्रभावकारी रूपमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण लगायतका विषयमा समन्वय गरेर अगाडी बढ्ने निर्णय समेत भएको अर्यालले बताए ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औँल्याएका थिए। बैठकले चार जिल्लाबिचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ ।
बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा व्यापक छलफल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी जर्नादन शर्माले बताए ।
बैठकमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको थियो । संस्कृत व्याकरणको रचना भएको पाणिनी तपोभूमि ओझेलमा परेको र यसको पहिचान गराउनका लागि पनि यो बैठक महत्त्वपूर्ण भएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण