सर्लाहीमा प्रचण्ड : बिहानैदेखि कार्यकर्ता भेटघाट, यस्तो छ दिनभरको कार्यक्रम
सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्। ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।
बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए। त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिए।
आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ। अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ। सर्लाहीको कार्यक्रम सकेर प्रचण्डसहितका नेताहरू आजै साँझ रौतहट प्रस्थान गर्ने तय भएको इन्चार्ज काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण