सन्न्यास फिर्ता लिएर पुनः अन्तर्राष्ट्रिय फुटबलमा फर्कँदै सुनिल क्षेत्री
काठमाडौँ । भारतीय फुटबल टोलीका पूर्वकप्तान सुनिल क्षेत्री आफ्नो सन्न्यास फिर्ता लिएर पुनः सक्रिय खेलजीवनमा फर्कने भएका छन् । ४० वर्षीय सुनिल क्षेत्री छिट्टै भारतको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा ओर्लने तयारीमा रहेको समाचारमा जनाइएको छ ।
सुनिल एएफसी एसियन कपको छनोट प्रतियोगितामार्फत पुनः सक्रिय खेलजीवनमा फर्कन लागेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । उनले अघिल्लो वर्ष खेलिएको फिफा विश्वकपको छनोट प्रतियोगितापछि सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका थिए ।
सन्न्यास लिनुअघि सुनिलले आफ्नो अन्तिम खेल कुवेतविरुद्ध खेलेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । भारतीय फुटबलका अधिकारीहरुले पनि सामाजिक सञ्जालतर्फत यो समाचारको पुष्टि गरेका छन् ।
उनीहरुले सुनिल मार्चदेखि नै खेल मैदानमा फर्कने जनाएका छन् । एएफसी एसियन कपको छनोट प्रतियोगितामा भारतले आफ्नो आगामी खेल मार्च २५ तारिखमा बंगलादेशविरुद्ध खेल्दैछ । यो एसियन कप छनोटको तेस्रो चरणको खेल हो ।
तेस्रो चरणको छनोटको समूह ‘सी’ मा भारत र बंगलादेशका अतिरिक्त हङ्कङ र सिंगापुर पनि रहेका छन् । सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलका भारतका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले भारतका लागि ९४ गोल गरिसकेका छन् ।
अघिल्लो वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि सुनिल क्षेत्री व्यवसायिक फुटबलमा भने सक्रिय थिए । उनले इन्डियन सुपर लिगमा बेंगलुरु फुटबल क्लबका लागि उत्कृष्ट प्रदर्शन पनि गरेका थिए । उनले बेंगलुरुका लागि १२ गोल पनि गरेका थिए ।
‘मैले शारीरिक फिटनेशका कारण होइन, मानसिक दबाबका कारण अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको थिएँ । तर, अहिले म पूर्णरुपमा स्वस्थ्य छु,’ सञ्चारकर्मीसँगको कुराकानीमा सुनिल क्षेत्रीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण