बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

हामी एक हौँ : ‘प्रोजेक्ट वान’ को ‘फेरि उठ्नेछ नेपाल’ अभियान समापन (फोटोफिचर)

आइतबार, २० जेठ २०७५, १४ : ०२
आइतबार, २० जेठ २०७५

ललितपुर । नेपालका विभिन्न चर्चित ब्याण्डका सदस्यहरु आबद्ध बनेको नयाँ ब्याण्ड ‘प्रोजेक्ट वान’ ले ललितपुरको जवलाखेलमा भव्य कन्सर्टको आयोजना गरेको छ ।

मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, स्याडोज नेपाल, अनुप्रस्तलगायत ब्याण्डका कलाकारहरु समावेश गरेर बनाइएको यो नयाँ ब्याण्डले आफ्नो नयाँ तथा पुराना गीतहरु प्रस्तुत गरेको थियो ।

‘नेपाल’ र 'हामी एक हौँ' भन्दै नयाँ गीतसहित कार्यक्रमको शुरुवात गरेको प्रोजेक्ट वानका लागि अनुप्रस्थ ब्याण्डका निरन शाहीले आफ्नो सदाबाहार गीत ‘दिन’ प्रस्तुत गरेका थिए ।

त्यस्तै, स्याडोज ब्याण्डका स्वपनिल शर्माले ‘प्रकृति’, ‘नयाँ नेपाल’ लगायत गीत प्रस्तुत गरेका थिए । त्यस्तै मुक्ति शाक्य, रबिन तामाङले आफ्ना सदाबाहार गीतको प्रस्तुति गर्दा दर्शकहरु उनीहरुसँग झुम्न बाध्य भएका थिए ।

एकताको सन्देशसहित ‘फेरि उठ्नेछ नेपाल’ अभियान को चौँथो संस्करण लिएर प्रोजेक्ट वानले यसअघि देशको विभिन्न शहरमा कन्सर्ट गरेको थियो । जवलाखेलमा यस अभियान अन्तरगत अन्तिम सांगीतिक कार्यक्रम रहेको थियो । यसमा अर्ना बियर मुख्य प्रायोजकको रुपमा रहेको थियो ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, द स्याडोज नेपालका स्वप्निल शर्मा र अनप्रास्तका निरन शाही छन् ।

व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्वलिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्वलिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, वशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र ड्रम्समा नेपथ्यका पूर्वड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । 

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा ललितपुरकै जावलाखेल मैदानमा नेपथ्य व्याण्डलाई पहिलो संस्करणको ‘फेरि उठ्नेछ नेपाल’ कन्सर्टमा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै सन् २०१७ मा कास्कीको पोखरामा दोस्रो संस्करणमा पनि नेपथ्य दोहोरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप