अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको तर्फबाट पोखरेलले उम्मेदवारी दिने
शुक्रबार, २३ फागुन २०८१, १७ : ५३
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा रुद्रहरी पोखरेलले उम्मेदवारी दिने भएका छन् । चैत ५ गते हुन गइरहेको निर्वाचनमा अनेरास्ववियुको तर्फबाट स्ववियु अध्यक्षमा पोखरेलले उम्मेदवारी दिने भएका हुन् ।
यसअघि २०७९ सालको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर उनी स्ववियु सचिवमा निर्वाचित भएका थिए । विद्यार्थीको हकहितका लागि क्रियाशील रहेका पोखरेल यो पटक अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् । उनी निवर्तमान क्याम्पस कमिटी अध्यक्ष र हाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य समेत हुन् ।
विद्यार्थी हकहितका मुद्दालाई उठान गर्दै आएका उनले आफ्नो चुनावी एजेण्डा त्यही विषय हुने बताए । आफूले विगतदेखि नै विद्यार्थीको हकहित र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण