नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक
काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ इभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
शुक्रवार काठमाडौँमा एक कार्यक्रमका बिच प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ इभी आधिकारिक रूपमा सार्वजनिक भएको हो । कम्पनीले विद्युतीय सवारी साधन (इभि) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ ।
एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ बजारमा आएको छ ।
एमजी एस ५ इभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रति घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्युटन मिटर टर्क उत्पन्न गर्न सक्दछ ।
डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ इभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।
जेड फो इभि प्लेटफर्ममा निर्मित एमजी एस ५ इभि ले सेग्मेन्टमै अग्रणी नवीनता प्रस्तुत गर्छ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ ।
यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङ प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्याउँछ ।
यी विशेषताहरूले एमजी एस ५ इभि लाई मूल्य अनुसारको उत्कृष्ट विद्युतीय एसयुभि बनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै, एमजी मोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, ‘एमजी एस ५ इभी नवीनता, सुरक्षामा सुधार, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।
यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौँ कि एस ५ इभि ले नेपालको इभि बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ ।’ दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा सीमा पार गर्दै आएको छ, जसले उपभोक्ताहरूको मागलाई पुरा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण