एमाले मोरङ अधिवेशन : संस्थापनलाई धक्का, ढकाल पक्षको प्यानल विजयी
विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ ।
ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । जिल्ला समिति सदस्यहरूको भने मत परिणाम आउन अझै समय लाग्ने देखिएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् । यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् । यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छन् । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण