इस्कोन नेपालद्वारा विश्वासघात र ठगीको आरोपमा ५ जना निष्कासित
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)को नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी मोरङ, सुनसरी, झापा, सिरहा, नवलपरासी पश्चिमलगायतका जिल्लाहरूमा संघ–संस्थाहरू सञ्चालन गरिरहेको आरोपमा ५ जनालाई संस्थाबाट निष्कासित गरिएको छ ।
संस्थाका पूर्व पदाधिकारीहरू तथा सदस्यहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), विनिश यादव (विपिन विहारी दास), शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास)लाई आपराधिक विश्वासघात एवं ठगीको आरोपमा संस्थाबाट निष्कासित गरिएको इस्कोनको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मोरङ, उद्योग विभाग, त्रिपुरेश्वर र विराटनगर उच्च अदालतको आदेशानुसार त्यस्तो किसिमको गैरकानूनी कार्य गर्न–गराउन निषेधित गरेको आज्ञालाई उनीहरूको समूहले अवज्ञा गरेको थियो ।
वसन्त पारख गुरुङको अध्यक्षतामा दर्ता भएको इस्कोन प्रभुपादका सदस्यहरुले इस्कोन नेपालका केन्द्रीय कार्यसमितिका सदस्यहरूमाथि विराटनगरमा हातपात समेत गरेका थिए। उनीहरूलाई नक्कली रसिद छपाएर दान सङ्कलन गर्नुका साथै जिन्सी समेत हिनामिना गरेको आरोप छ। उनीहरूमाथि लागेको मुद्दा अदालतमा विचाराधीन रहेको इस्कोन नेपालले जनाएको छ।
गुरुङले भने आफूहरू संस्थाको लोगो परिवर्तन गर्न तयारी थालेको साथै यस विषयमा आफूहरूले मौन धारण गर्नुपरेको जानकारी गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण