फोटोफिचर
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा निकालियो र्याली (तस्बिरहरू)
शनिबार, २४ फागुन २०८१, १२ : ४६

काठमाडौँ । एक सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला मोर्चाले र्याली निकालेको छ । शनिवार अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ (समाजवादी), अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी र नेपाल समाजवादी महिला सङ्घले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् ।
राजधानीको माइतीघरबाट निस्किएको र्याली बानेश्वरसम्म पुगेको थियो । र्यालीमा सहभागीहरूले महिला अधिकारका पक्षमा नारा लगाएका थिए ।