‘भूठान’ को गीत ‘कागजको खोस्टो’ सार्वजनिक

काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ ले ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन साथै रिदम कँडेलको सङ्गीत संयोजन गीतमा छ । गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ ।
गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय छ । अंग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंशको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द(लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीका अलवा हलिउडका विश्वविख्यात अभिनेता ब्रस डर्नको पनि अभिनय छ ।
हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो । जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दाको पीडा फिल्ममा छ ।
‘बुलबुल’ चलचित्रबाट प्रशंसा बटुलेका निर्देशक विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’ का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा हुन् । कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।
सुसन प्रजापतिको छायाङ्कन,अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, शमवरण केमको सङ्गीत रहेको फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो । फिल्म आगामी वैशाख १२ बाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट