फिल्म ‘अञ्जिला’ धरानमा प्रिमियर
काठमाडौंँ । फागुन २९ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘अञ्जिला’ धरानमा प्रिमियर गरिएको छ । शुक्रवार साँझ धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र युनिट, खेलाडी रस्थानिय पत्रकारको उपस्थिति थियो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण भएको फिल्म हङकङ, कोरिया र बेलायतपछि धरानमा प्रिमिएर गरिएको हो ।
फिल्ममा एन्जिला तुम्बापो सुब्बाको अलवा प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । प्रिमिएरमा सहभागीले फिल्मले मन छोएको प्रतिक्रिया दिएका थिए । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।
फिल्म एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा छायाङ्कन गरिएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल रहेको फिल्ममा टुबेन्द्र लिम्बु र राजेश बगडिया सह–निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण