शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

सफ्टवेयर कम्पनी जुनेली इन्क :  वित्तीय संस्था र साना व्यवसायीका लागि समेत एक विकल्प

शनिबार, २४ फागुन २०८१, १३ : ४०
शनिबार, २४ फागुन २०८१

काठमाडौँ ।  अग्रणी सफ्टवेयर कम्पनी जुनेली इन्कले वित्तीय संस्था र व्यवसायिक क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। अत्याधुनिक प्रविधिहरूको उपयोग गर्दै जुनेली इन्कले ३६० कोर बैंकिङ सफ्टवेयर र जुनेली ट्रेडिङ सहितका उन्नत सफ्टवेयर विकास गर्दै आएको छ। जुन बैंक तथा वित्तीय क्षेत्रका साथै साना व्यवसायीका लागि समेत एउटा भरपर्दो विकल्पको रुपमा अगाडि आएको छ । 

कम्पनीको सीईओ अपार थेबेले जुनेली इन्कले अन्तर्राष्ट्रिय रूपमा आफ्नो उपस्थिति स्थापित गर्दै आधिकारिक साझेदारहरूसँग सहकार्य उच्चस्तरका प्रविधि सेवाहरू प्रदान गर्ने गरेको बताए । जसले ग्राहकहरूको आवश्यकताअनुसार अत्याधुनिक प्रविधि र समाधान सुनिश्चित गर्छ।

जुनेली इन्कले बैंक तथा वित्तीय संस्थाका साथै अन्य व्यवसायहरूको समेत विशेष आवश्यकताहरू पूरा गर्न विभिन्न प्रमुख उत्पादनहरू विकास गरेको छ । जुन निम्न छन्-

६० कोर बैंकिङ प्रणाली: 
यो वित्तीय संस्थाहरूको सञ्चालनलाई अधिकतम दक्ष बनाउने अत्याधुनिक बैंकिङ प्लेटफर्म हो । यस प्रणालीले बचत, ऋण, भुक्तानी र प्रतिवेदनजस्ता प्रमुख बैंकिङ कार्यहरूलाई एकीकृत गरी प्रयोगकर्तामैत्री इन्टरफेस प्रदान गर्छ । जसले त्रुटिहरू कम गर्छ र नियामकीय मापदण्डहरू सुनिश्चित गर्छ।

360 Core Banking Systme One

 जुनेली ट्रेडिङ:
यो विभिन्न व्यवसायहरू, जस्तै खुद्रा पसल, रेस्टुरेन्ट र अन्य व्यवसायहरूको वित्तीय गतिविधिहरूलाई व्यवस्थापन गर्न डिजाइन गरिएको सिस्टम हो ।  यस प्रणालीले POS (Point of Sale) एकीकरण, भण्डार ट्र्याकिङ र वास्तविक समयमा वित्तीय व्यवस्थापनको सुविधा प्रदान गर्छ।

सफ्टवेयरबारे थेबेले भने- 'हाम्रो मुख्य दृष्टिकोण वित्तीय नवप्रवर्तनद्वारा समुदायहरूलाई सशक्त बनाउने हो। आधुनिक प्रविधिलाई स्थानिय आवश्यकतासँग मिलाउँदै जुनेलीले दिगो र प्रभावकारी समाधानहरू सिर्जना गर्ने प्रयास गरिरहेको छ, जसले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्छ।

उनका अनुसार ३६० कोर बैंकिङ सफ्टवेयर जुनेली इन्कको प्रमुख उत्पादन हो । जसले बैंकहरू र वित्तीय संस्थाहरूका लागि एक व्यापक र मापनयोग्य समाधान प्रदान गर्ने उनको दाबी छ । यस प्रणाली बैंकिङ अपरेशनहरू सञ्चालन गर्न अत्यन्त सहयोगी भएकाले नेपाली बैंकिङ क्षेत्रसँग सहकार्य गर्न आफू इच्छुक रहेको उनको भनाइ छ ।  

उनले भने, '३६० कोर बैंकिङ सफ्टवेयर अत्यन्तै अनुकूलनयोग्य छ, जसले बैंकहरूलाई आफ्नो विशेष आवश्यकताहरूअनुसार प्रणालीलाई परिमार्जन गर्ने सुविधा प्रदान गर्छ। सफ्टवेयरमा मल्टि-फ्याक्टर प्रमाणीकरण, डेटा इन्क्रिप्शन र बलियो पहुँच नियन्त्रण जस्ता सुरक्षा सुविधाहरू समावेश छन्, जसले संवेदनशील वित्तीय डेटा सुरक्षित राख्छ।'

360 Core Banking System (1)

यसैगरी यस प्रणालीले धेरैजसो नियमित कार्यहरू स्वचालित गर्ने र मानव त्रुटि घटाउने भएकाले यो उत्कृष्ट सेवा भएको उनको दाबी छ । 

साथसाथै एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, एटीएम सेवा, ट्याब बैंकिङ, मोबाइल टेलर जस्ता यी सबै च्यानलहरूको एक सशक्त डिजिटल सेवा आफूहरुले उपलब्ध गराउन सक्ने कम्पनीले स्पष्ट पारेको छ । 

जुनेली इन्क, २०७१ सालमा स्थापना भएको हो । समुदायहरूलाई नवीनतम प्रविधिमार्फत परिवर्तन गर्न प्रतिबद्ध  कम्पनीले आफ्नो यात्रा म्यानमारबाट सुरु गरेको थेबे स्मरण गर्छन् । जहाँ माइक्राेफाइनान्स प्रणालीमा केन्द्रित रही साना व्यवसायहरूलाई आर्थिक स्वतन्त्रता प्रदान गर्न सहयोग गरेको थियो । जुनेलीले आफ्नो सेवा विस्तार गर्दै बंगलादेश र नेपालमा केन्द्रित रहेर काम गरिरहेको हो ।  

नेपालमा भने जुनेली २०७४ साल चैत महिनामा प्रवेश गरेको थियो ।  हाल जुनेलीले नेपालभर ३३ जिल्लाका ३६७ सहकारी संस्थाहरूसँग साझेदारी गरेर आफ्नो सेवा उपलब्ध गराइरहेको छ । यसबाहेक साना व्यवसायीहरुले पनि यसको प्रयोग गर्दै आएका छन् । आगामी दिनमा ठुला बैंकदेखि समग्र व्यवसायको क्षेत्रमा आफ्नो सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम गरिरहेको कम्पनीको भनाइ छ । यसका लागि सबै हिसाबले आफूहरु तयार रहेको पनि कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप