फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
सारांश
- अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५औँ वार्षिकोत्सव मनाउन फ्रान्सेली टोली म्याग्दीको नाच्याङ पुगेको छ, जहाँ स्थानीयले भव्य स्वागत गरे।
- महोत्सवमा मौरिस हर्जोगका छोरा र नातिसहित फ्रान्सेली पर्वतारोही र संगीत टोली सहभागी छन्, र पोखराबाट पर्यटन व्यवसायी र संचारकर्मीसहित ६० जनाको टोली पनि सहभागी छ।
- अन्नपूर्ण गाउँपालिका अध्यक्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् भने नेपाल पर्यटन बोर्ड र टानले अन्नपूर्ण नर्थको प्रचारप्रसारका लागि काम गर्ने बताएका छन्।
पोखरा । ७५ औँ अन्नपूर्ण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन निस्केको टोली म्याग्दीको नाच्याङमा पुगेको छ । उनीहरूलाई स्थानीयले भव्य स्वागत गरेका छन् ।
हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाति सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र साङ्गीतिक टोली गरी १४ जनाको टोली सहभागी छ ।
पोखराबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी, संचारकर्मीसहितको ६० जना सहभागी छन् । पदयात्रीको स्वागतको लागि आयोजना गरिएको औपचारिक कार्यक्रममा फ्रान्सेली टोलीले फ्रान्सको क्लासिकल सङ्गीत प्रस्तुत गरेको थियो भने स्थानीयले पनि आफ्नै मौलिक संस्कृति प्रदर्शन गरेका थिए ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत कुमार पुनले हर्जोगले नर्थबाट हिमाल आरोहण गरे पनि यस क्षेत्रको प्रचार प्रसार हुन नसकेको गुनासो गरे । पुनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सबैको साथको आशा गरे ।
औपचारिक कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि राज लामिछानेले अन्नपूर्ण दिवसमा अन्नपूर्ण नर्थको प्रचार प्रसारका लागि पदयात्रा गर्न लागिएको बताए । मौरिस हर्जोगले सन् १९५० हिमाल आरोहणपछि पुस्तक लेखेका थिए । सोही पुस्तक पढेर पर्यटक नेपाल छिरेका हुन् ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले मौरिसका छोरा र परिवार सहितको टोली अन्नपूर्ण दिवस मनाउन आएको बताए । अन्नपूर्ण बेसक्याम्प साउथमा पर्यटकको चाप राम्रो रहे पनि नर्थमा भने पर्यटक आगमन कम रहेको र यसलाई प्रचारप्रसार गर्न टानले पर्यटन बोर्डसँग मिलेर काम गर्ने आचार्यको भनाइ छ ।
आरोहण दिवसको मुख्य दिन जुन ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हार्जोग लगायतका आरोहीको सालिक अनावरण गर्ने कार्यक्रम छ । यस्तै आधार शिविर जाने मौरिस हार्जोग पदमार्गको समेत उद्याटन गरिने छ । फ्रान्सका मौरिस हर्जोले विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल पहिलो पटक आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ मा यो दिवस मनाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण