मन
सगरमाथा जस्तै उँचो जिउ
हेर्दा लाग्थ्यो आकाशले पनि शिर निहुराउँछ
बलिष्ठ उसको काँध
शिवले सतीदेवीलाई राखेर डुलाए जस्तो ।
हनुमानको धैर्य बोकेका आँखाहरू
चिन्ताले भित्र सन्नाटा हुँदा पनि
बाहिर स्थिरतामा रमेका क्रोधित आँखा
रावणको बाटिकामा फलको आहारामा रमाएको मन जस्तै ।
चालमा थियो आत्मविश्वासको सङ्गीत
जसले जमिनमै लय थप्थ्यो
आकाशमा कुद्थ्यो
बोल्नुभन्दा अगाडि मौनताले कुरा गर्थ्यो
त्यो हाँसो शान्तिको बाँधजस्तो
शरीर उनका बलको मूर्ति –धृतरष्ट्रको जस्तै
जहाँ साहस र स्नेह दुवै बसोबास गर्थे ।
अर्जुनजस्तै दृढ लक्ष्य बोकेर
द्रौपदीलाई खुसी पार्न
कर्णको खोजीमा निस्केको धनुर्बीर
कान्तिपुरे महिन्द्री मल्लको जस्तो मधुर मन
कसैले देख्दैन उसका भावको अन्त्य
जसरी कविता पढ्दा अझै केही बाँकी लाग्छ
हिँड्दा, समय पनि पछाडि फर्किन खोज्थ्यो
मेरो मन — स्थिर हुन्थ्यो उनीभित्रै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण