मन

सगरमाथा जस्तै उँचो जिउ
हेर्दा लाग्थ्यो आकाशले पनि शिर निहुराउँछ
बलिष्ठ उसको काँध
शिवले सतीदेवीलाई राखेर डुलाए जस्तो ।
हनुमानको धैर्य बोकेका आँखाहरू
चिन्ताले भित्र सन्नाटा हुँदा पनि
बाहिर स्थिरतामा रमेका क्रोधित आँखा
रावणको बाटिकामा फलको आहारामा रमाएको मन जस्तै ।
चालमा थियो आत्मविश्वासको सङ्गीत
जसले जमिनमै लय थप्थ्यो
आकाशमा कुद्थ्यो
बोल्नुभन्दा अगाडि मौनताले कुरा गर्थ्यो
त्यो हाँसो शान्तिको बाँधजस्तो
शरीर उनका बलको मूर्ति –धृतरष्ट्रको जस्तै
जहाँ साहस र स्नेह दुवै बसोबास गर्थे ।
अर्जुनजस्तै दृढ लक्ष्य बोकेर
द्रौपदीलाई खुसी पार्न
कर्णको खोजीमा निस्केको धनुर्बीर
कान्तिपुरे महिन्द्री मल्लको जस्तो मधुर मन
कसैले देख्दैन उसका भावको अन्त्य
जसरी कविता पढ्दा अझै केही बाँकी लाग्छ
हिँड्दा, समय पनि पछाडि फर्किन खोज्थ्यो
मेरो मन — स्थिर हुन्थ्यो उनीभित्रै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला