रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी

समाचार सारांश
- अमेरिकाले रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखे ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
- अमेरिकी सिनेटरले भारत र चीनले रुसबाट तेल खरिद गरिरहेको भन्दै उनीहरूमाथि पनि ट्यारिफ लगाउनुपर्ने बताए।
- रुसले युक्रेनसँग शान्ति वार्ता नगरे अमेरिकाले ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
वासिङ्टन डीसी । रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखेमा उनीहरूमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले युक्रेनको राजधानी कीभमा यो कुरा भनेका हुन् ।
रुसबाट तेल, ग्यास र पेट्रोकेमिकल खरिद गर्ने कुनै पनि देशमाथि ५०० प्रतिशत कर लगाइनु पर्ने भारत र चीनलाई लक्षित गर्दै उनले भनेका थिए । दुवै देश मिलेर रुसको ७० प्रतिशत तेल किनिरहेका छन् ।
रुसले भारत–चीन–रूस (आरआईसी) त्रिकोण पुनः सुरु गर्ने वकालत जोडतोडले गरिरहँदा अमेरिकाको यो बयान आएको हो । रुसले युक्रेनसँग शान्ति वार्ता गरेन भने अमेरिकाले उसमाथि पनि ५०० प्रतिशत ट्यारिफ लगाउने पनि सिनेटरहरू ब्लुमेन्थल र लिन्डसे ग्राहमले भनेका छन् ।
स्रोतका अनुसार रुसमाथि दबाब दिन नयाँ कानुन ल्याउने बारेमा पनि छलफल भइरहेको छ । यसले रुसबाट तेल, ग्यास र युरेनियम आदि खरिद गर्ने देशहरूमा ५०० प्रतिशत ट्यारिप लगाउने कुरा गरेको छ । यसबारे अर्को हप्ता अमेरिकी सिनेटमा छलफल हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म
-
नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख