रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
सारांश
- अमेरिकाले रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखे ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
- अमेरिकी सिनेटरले भारत र चीनले रुसबाट तेल खरिद गरिरहेको भन्दै उनीहरूमाथि पनि ट्यारिफ लगाउनुपर्ने बताए।
- रुसले युक्रेनसँग शान्ति वार्ता नगरे अमेरिकाले ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
वासिङ्टन डीसी । रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखेमा उनीहरूमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले युक्रेनको राजधानी कीभमा यो कुरा भनेका हुन् ।
रुसबाट तेल, ग्यास र पेट्रोकेमिकल खरिद गर्ने कुनै पनि देशमाथि ५०० प्रतिशत कर लगाइनु पर्ने भारत र चीनलाई लक्षित गर्दै उनले भनेका थिए । दुवै देश मिलेर रुसको ७० प्रतिशत तेल किनिरहेका छन् ।
रुसले भारत–चीन–रूस (आरआईसी) त्रिकोण पुनः सुरु गर्ने वकालत जोडतोडले गरिरहँदा अमेरिकाको यो बयान आएको हो । रुसले युक्रेनसँग शान्ति वार्ता गरेन भने अमेरिकाले उसमाथि पनि ५०० प्रतिशत ट्यारिफ लगाउने पनि सिनेटरहरू ब्लुमेन्थल र लिन्डसे ग्राहमले भनेका छन् ।
स्रोतका अनुसार रुसमाथि दबाब दिन नयाँ कानुन ल्याउने बारेमा पनि छलफल भइरहेको छ । यसले रुसबाट तेल, ग्यास र युरेनियम आदि खरिद गर्ने देशहरूमा ५०० प्रतिशत ट्यारिप लगाउने कुरा गरेको छ । यसबारे अर्को हप्ता अमेरिकी सिनेटमा छलफल हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण