एमाले रसुवाका अध्यक्ष ढकालद्वारा पार्टी परित्यागको घोषणा
काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् ।
ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् ।
ढकालले पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि गुनासो गरेका छन् । ‘पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन’, ढकालले भनेका छन्, ‘रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’
ढकालसँग रातोपाटीले सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण