कुलमानलाई हटाउन खोजेको भन्दै बुटवलमा चक्का जाम
बुटवल । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न लागेको विरोधमा बुटवलमा चक्काजाम गरिएको छ । शनिबार दिउसो पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित बुटवल–१२ तामनगरमा ३० मिनेट चक्काजाम गरिएको हो ।
तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो । दैनिक १८ घण्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागेको उनीहरूले आरोप लगाएका छन् ।
लोडसेडिङ सधैँका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सम्पूर्ण नेपालीहरू एकजुट भई अगाडि बढ्न र उज्यालो अभियानका प्रणेताका रूपमा स्थापित घिसिङलाई साथ दिने इभुलोसन क्लबका अध्यक्ष राम बहादुर पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण