गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण
सुर्खेत । सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर हस्तान्तरण गरेका हुन् ।
विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले पश्चिम नेपाल जोखिम भूगोल रहेको बताए ।
‘भूकम्प बाढी, पहिरो, आगलागी, लेक लाग्ने जस्ता विविध जोखिममा यहाँ छन्,’ उनले भने, ‘तीन वटै तहका सकारहरूले विपद्को पूर्व तयारी अवस्थामा रहनुपर्छ ।’
उनले पश्चिम नेपालमा भूकम्पबाट क्षति भएको ठाउँको पुनर्निर्माण र पुनर्स्थापनाको कार्य भइरहेको बताए । उनले अगाडि थपे, ‘अछाम र जाजरकोटमा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरी द्रुत गतिमा काम गर्ने तयारी छ ।’
मुख्यमन्त्री यामलाल कँडेलले गोदाम घरको संरचना प्रदेशलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न गृहमन्त्री लेखकलाई आग्रह गरे । यो वर्ष विपद्का सामग्री खरिद गर्न प्रदेश सरकारले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण