शिक्षकका समस्या संवाद र वार्ताको माध्यमबाट समाधान गरौँ : सांसद मिश्र
आइतबार, २५ फागुन २०८१, १४ : १७

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद मिश्रले शिक्षकहरूलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरूका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरू आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ ।
उनले भने, ‘देशभरका शिक्षकहरू आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरूको समस्यालाई समाधान गरौँ । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन ।’
सांसद मिश्रले फरक प्रसङ्गमा बोल्दै महिलाहरूको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचनाबिच ट्रम्पले स्वीकारे कतारले उपहारमा दिएको विमान
-
शक्तिशाली भूकम्पपछि ग्रिसमा सुनामीको चेतावनी
-
रविलाई रिहा गर्न माग गर्दै दर्ता भएको प्रत्यक्षीकरण रिट निवेदनमाथि आज सुनुवाइ हुँदै
-
श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्ल्युएचओमा लगिँदै
-
पानीको सतह बढेपछि ‘बेलिब्रिज’ झिकियो
-
गाजा युद्ध रोक्न नेतन्याहुले राखे यस्तो शर्त