शिक्षकका समस्या संवाद र वार्ताको माध्यमबाट समाधान गरौँ : सांसद मिश्र
आइतबार, २५ फागुन २०८१, १४ : १७
काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद मिश्रले शिक्षकहरूलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरूका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरू आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ ।
उनले भने, ‘देशभरका शिक्षकहरू आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरूको समस्यालाई समाधान गरौँ । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन ।’
सांसद मिश्रले फरक प्रसङ्गमा बोल्दै महिलाहरूको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण