अवैधरुपमा भित्रिने दुग्धजन्य पदार्थको नियन्त्रण गर्न डेरी संघको आग्रह
काठमाडौँ । डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अवैधरुपमा सीमापारिबाट भित्रिने दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरेको छ । संघले आज एक अनुरोध पत्र जारी गर्दै अवैध रूपमा भित्रने दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरेको हो ।
सरकारको गत वर्ष २०८० फागुन २ गतेको निर्णयबाट दुध तथा दुग्धजन्य पदार्थहरूको आयात स्थगन भए अनुसार अवैधरुपमा भित्री रहेको दुध तथा दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरिएको हो । आयात स्थगन हुँदा पनि अवैधरुपमा सीमापारिबाट विदेशी ब्राण्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, वटर, घिउ, होल मिल्क पाउडर, चिज, आदी दुग्धजन्य पदार्थहरू अनधिकृत रूपमा चोरी तस्करी भई व्यापारिक प्रतिष्ठानहरूमा छ्यापछ्याप्ती खुल्लमखुल्ला बिक्री वितरण भएको पाइएको संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
अवैधरुपमा भित्रिएका दुध तथा दुग्धजन्य पदार्थहरुका कारणले अर्बोको राजस्व संकलनमा असर पर्नुका साथै बजारको ठुलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु बिक्री हुन नसकी भुक्तानी चक्रको सन्तुलनमा असर परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण