सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई अपार सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै यसको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा अथाह सम्भावना रहे पनि पछाडि परेको भन्दै अब त्यस परिचयलाई बदल्ने बेला आएको उल्लेख गरे ।
‘यो प्रदेश केवल सुन्दर मात्र होइन, सम्भावनाले भरिएको छ । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ । नयाँ पुस्ताले सम्भावनाको खोजी गर्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीका अनुसार दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले सुदूरपश्चिमको भौगोलिक कठिनाइ समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै दार्चुलाको उत्तरी क्षेत्रसम्म सहज पहुँच बनाउने उद्देश्यले छाङगुरुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको जानकारी दिए ।
‘हामीले हाल पाँच करोड रुपैयाँ विनियोजन गरिसकेका छौँ । हालसम्म नेपालीहरू पारीको बाटो प्रयोग गर्दा कठिनाइ भोगिरहेका छन् । अब गोरेटो बाटो निर्माणपछि पक्की सडक बनाउन थप बजेट विनियोजन गरी तक्लाकोटसम्मको सडक निर्माण गर्नेछौँ, उनले भने ।
प्रधानमन्त्री ओलीले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यही वर्षभित्र नै पठनपाठन सुरु गराउने योजना रहेको बताए । त्यस्तै, बहुप्रतीक्षित पञ्चेश्वर परियोजनालाई अघि बढाउन भारतसँग छलफल भइरहेको उनले जानकारी दिए ।
उनले आफू प्रधानमन्त्री भएको समयमा मुलुकमा विकासले गति लिएको दाबी गर्दै हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र तथा सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण