आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत

दुबई । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्याण्डले आइतबार भारतसामु जितका लागि २ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको हो ।
टोलीका लागि डेरल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । उनले १०१ बलको सामना गरेर ३ चौका प्रहार गरे । रचिन रवीन्द्रले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाए ।
ग्लेन फिलिप्सले ५२ बलमा ३४ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । खेलको अन्त्यतिर माइकल ब्रेसवेलले ५३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए । त्यस्तै, मोहम्मद शमी र रवीन्द्र जडेजाले १ विकेट हात पारे ।
भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका हुन् । सन् २००० मा भएको दोस्रो संस्करणको फाइनलमा दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान