आईसीसी च्याम्पियन्स ट्रफी : न्युजिल्याण्डद्वारा भारतसामु २ सय ५२ रनको लक्ष्य प्रस्तुत
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्याण्डले आइतबार भारतसामु जितका लागि २ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको हो ।
टोलीका लागि डेरल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । उनले १०१ बलको सामना गरेर ३ चौका प्रहार गरे । रचिन रवीन्द्रले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाए ।
ग्लेन फिलिप्सले ५२ बलमा ३४ रन जोडे । उनले २ चौका र १ छक्का हिर्काए । खेलको अन्त्यतिर माइकल ब्रेसवेलले ५३ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २–२ विकेट लिए । त्यस्तै, मोहम्मद शमी र रवीन्द्र जडेजाले १ विकेट हात पारे ।
भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका हुन् । सन् २००० मा भएको दोस्रो संस्करणको फाइनलमा दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण