महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ छन् ।
मंसिर १८ मा उनीहरुले महिलाहरुलाई दार्जिलिङ घुम्न जाने र मोबाइल किनिदिने आश्वासन दिएर झापा हुँदै इलाम लगेका थिए । त्यहाँबाट कोलकत्ता हुँदै दिल्लीमा १७ दिन राखेर पुणेमा लगेर बेचेको मानव बेचविखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
भारतीय रुपैयाँ डेढ लाख र दुई लाख रुपैयाँ बेचेर उनीहरु फर्केको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँबाट पक्राउ परेका मानबहादुर यसअघि पनि मानव बेचविखन मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् ।
आरोपीहरुले पीडितहरुलाई नक्कली नागरिकता समेत बनाइदिएको पाइएको छ । अर्का आरोपी संचबहादुर तामाङ डाकाचोरी मुद्दामा नख्खु कारागारमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण