महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ छन् ।
मंसिर १८ मा उनीहरुले महिलाहरुलाई दार्जिलिङ घुम्न जाने र मोबाइल किनिदिने आश्वासन दिएर झापा हुँदै इलाम लगेका थिए । त्यहाँबाट कोलकत्ता हुँदै दिल्लीमा १७ दिन राखेर पुणेमा लगेर बेचेको मानव बेचविखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
भारतीय रुपैयाँ डेढ लाख र दुई लाख रुपैयाँ बेचेर उनीहरु फर्केको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँबाट पक्राउ परेका मानबहादुर यसअघि पनि मानव बेचविखन मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् ।
आरोपीहरुले पीडितहरुलाई नक्कली नागरिकता समेत बनाइदिएको पाइएको छ । अर्का आरोपी संचबहादुर तामाङ डाकाचोरी मुद्दामा नख्खु कारागारमा थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित