गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
थापाले राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले रातोपाटीलाई जानकारी दिए । राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६(१)ले निषेधित र सोही दफा (२) (क) विपरीतको कसुर गरेको जिकिरसहित दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्च समेत भर्न मुद्दामा मागदाबी गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ ।
विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे गराएमा थप एक वर्षसम्म कैद तथा दश हजार जरिवाना हुने समेत अपराध संहिताले भनेको छ ।
त्यसरी विद्युतीय वा आम सञ्चारमाध्यमबाट बेइज्जती गर्ने गराउनेलाई मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च समेत भराउने व्यवस्था संहिताले गरेको छ ।
अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्तो आधारहीन आरोप राईले आफूलाई लगाएर चरित्र हत्या गरेको थापाको जिकिर छ । थापाले यसअघि राईविरुद्ध प्रहरीको साइबर ब्युरो भोटाहिटीमा समेत उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण