जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३ उद्योगसँगको सम्झौता रद्द
मकवानपुर । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने ३ उद्योगको सम्झौता रद्द गरेको छ ।
कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार उद्योग सञ्चालन गर्ने भन्दै हेटौँडा औद्योगिक क्षेत्र भित्रको जग्गा सम्झौता गरेर संरचना निर्माण गरे पनि जग्गा मात्रै ओगटेर बसेपछि सम्झौता रद्द गरिएको हो ।
यसरी सम्झौता रद्द गरिएका उद्योगहरूमा नाथ फुड्स इण्डष्ट्रिज, लक्ष्मी पेन्ट्स र सनराइज कन्टेनर प्रा.लि. रहेको उनले बताए । सूचना अधिकारी नेपालका अनुसार ती उद्योगहरूले २०७२ र २०७३ सालमा उद्योग स्थापना गर्न भन्दै जग्गा भाडा लिएका थिए ।
सम्झौता रद्द गरिएका उद्योगहरूले उद्योग सञ्चालन गर्न हेटौँडा कपडा उद्योग र विस्तारित औद्योगिक क्षेत्रको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । जसमा नाथ फुड्स इण्डष्ट्रिजले ७.७५ रोपनी, लक्ष्मी पेन्ट्सले ६.३४ रोपनी र सनराइज कन्टेनर प्रा.लि.ले १०.०३ रोपनी जग्गा भाडामा लिने गरी सम्झौता गरेका थिए ।
ती उद्योगहरूसँग भएको सम्झौता यसअघि नै गत २७ माघमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले रद्द गर्ने निर्णय गरेको थियो । उद्योगहरूसँगको सम्झौता रद्द गर्ने निर्णय भएपछि ३ वटै उद्योगहरू अदालत पुगेका कारण सम्झौता रद्द गर्ने प्रक्रिया केही लम्बिएको सूचना अधिकारी नेपालले बताए ।
अदालतले औद्योगिक क्षेत्रको पक्षमा निर्णय गरेसँगै ती उद्योग सञ्चालनका लागि भन्दै बनेका संरचनाहरूको लिलामी प्रक्रिया समेत अगाडी बढाइएको छ । उक्त स्थानहरूमा नयाँ उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।
हाल हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको १४५ वटा औद्योगिक प्लटमा १२७ उद्योग रहेकामा ११५ वटा उद्योग मात्रै सञ्चालनमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण