बिना अनुमति काठमाडौँ आएका ७ जना भारतीय प्रहरी दूतावासको जिम्मा
सोमबार, २६ फागुन २०८१, १० : ००
काठमाडौँ । अनुमति नलिइकन आरोपी पक्राउ गर्ने उद्देश्यले काठमाडौँ आएका ७ जना भारतीय प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ । ठमेलस्थित अलफ्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनीहरू फागुन १२ मा काठमाडौँ आएर अलफ्ट होटलमा बसेका थिए ।
उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिएर सीआईबीको टोलीले भारतीय दूतावासको जिम्मा लगाएको छ । प्रहरी स्रोतका अनुसार दूतावासले उनीहरूलाई हवाई मार्गमार्फत भारत फिर्ता पठाएको छ ।
पञ्जाबबाट आएको भारतीय प्रहरी टोली एक जना भारतीय आरोपी खोज्दै काठमाडौँ आएका हुन् । उनीहरूले नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण