मेस्सीको अनुपस्थितिमा इन्टर मियामीको लगातार तेस्रो जित
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको अनुपस्थितिमा उनी आबद्ध क्लब इन्टर मियामीले लगातार तेस्रो जित हासिल गरेको छ । इन्टर मियामीले मेजर लिग सकरको सोमबार बिहान सम्पन्न खेलमा चार्लोटमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
जितसँगै इन्टर मियामी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जारी सिजनको लिगमा सबै टोलीले तीन–तीन खेल खेलिसक्दा इन्टर मियामीले सात अंक हात पारेको छ । जारी सिजनको लिगमा इन्टर मियामी हालसम्म अपराजित छ ।
तीनवटै खेलमा विजयी भएको फिलाडेल्फिया भने नौ अंकसहित तालिकाको पहिलो स्थानमा छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औँ मिनेटमा इन्टर मियामीका लागि टाडेओ एलेन्डले निर्णायक गोल गरेका थिए । उनले लगातार दोस्रो खेलमा गोल गरेका हुन् ।
घरेलु मैदानमा खेलिएको खेलको प्रारम्भमै इन्टर मियामी १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ३८ औँ मिनेटमा इन्टर मियामीका ओस्कर उस्तारी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि इन्टर मियामीले बाँकी समय केवल १० खेलाडीमा सिमित भएर प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गरेको थियो ।
यसअघि, इन्टर मियामीले स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको अनुपस्थितिमै कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा जित हात पारेको थियो ।
गत शुक्रबार खेलिएको उक्त खेलमा इन्टर मियामीले जमैकाको प्रतिद्वन्द्वी काभालियर फुटबल क्लबलाई २–० गोलले हराएको थियो । घरेलु मैदानमा खेलिएको उक्त खेलमा इन्टर मियामीका लागि टाडेओ एलेन्ड र लुइस स्वारेजले एक–एक गोल गरेका थिए ।
त्यसअघि, गत आइतबार खेलिएको मेजर लिग सकरको हस्टन डाइनामोविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शनसहित इन्टर मियामी ४–१ गोलले विजयी भएको थियो । त्यो खेलमा पनि मेस्सी उपस्थित थिएनन् ।
उक्त खेलमा स्वारेज आफैले एक गोल गरेका थिए भने बाँकी तीन गोलका लागि पास उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण