प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी
काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लब र ब्रिगेड ब्वाइजले श्री कुमारी क्लबलाई पराजित गरेका हुन् ।
सोमबार भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु र सुजन डंगोलले गोल गरे भने झापाका पुजन राईले एक गोल गरे । जितसँगै प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले श्री कुमारी क्लबलाई २–१ ले पराजित गर्यो । ब्रिगेड ब्वाइजका लागि दुवै गोल आशिष गुरुङले गरेका थिए । त्यस्तै कुमारीकातर्फबाट एकमात्र गोल प्रणय गुरुङले गरे ।
लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण