प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लब र ब्रिगेड ब्वाइजले श्री कुमारी क्लबलाई पराजित गरेका हुन् ।
सोमबार भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु र सुजन डंगोलले गोल गरे भने झापाका पुजन राईले एक गोल गरे । जितसँगै प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले श्री कुमारी क्लबलाई २–१ ले पराजित गर्यो । ब्रिगेड ब्वाइजका लागि दुवै गोल आशिष गुरुङले गरेका थिए । त्यस्तै कुमारीकातर्फबाट एकमात्र गोल प्रणय गुरुङले गरे ।
लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी