आईपीएलअघि लखनउ सुपर जायन्ट्सलाई झट्का
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । सहभागी टोलीहरु प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् । प्रतियोगिताको मिति नजिकिँदै जाँदा लखनउ सुपर जायन्ट्सका एक प्रभावशाली खेलाडी घाइते भएका छन् ।
लखनउका युवा बलर मयंक यादवले चोटका कारण सुरुवाती चरणको करिब आधा खेल गुमाउने भएका छन् । उनी केही समयअघि घाइते भएका थिए । प्रतियोगिता सुरु हुनुअघि नै उनी स्वस्थ्य भइसक्ने अनुमान गरिएको थियो ।
मयंकलाई लखनउले ११ करोड भारतीय रुपैयाँमा मेगा अक्सनअघि नै ‘रिटेन’ गरेको थियो । अघिल्लो सिजनको तुलनामा उनका लागि लखनउले निकै ठुलो रकम खर्चिएको हो । अघिल्लो सिजन लखनउले उनका लागि २० लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।
मयंक यादवले गत अक्टोबरमा बंगलादेशविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलपछि उनी घाइते भएका थिए । मयंकको पिठ्यूँको तल्लो भागमा गम्भीर चोट लागेको थियो । आईपीएलअघि नै उनी पूर्ण रुपमा स्वस्थ्य भइसक्ने अनुमान गरिएको थियो ।
तर, स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनले आईपीएलको सुरुवाती चरणको आधा खेल गुमाउने भएका हुन् । अघिल्लो सिजनको आईपीएलमा उनले चार खेल खेल्दै सात विकेट लिएका थिए ।
अघिल्लो सिजनको आईपीएलमा उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध १५६.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेर चर्चा बटुलेका थिए । आगामी सिजनको आईपीएलमा लखनउले आफ्नो पहिलो खेल मार्च २४ तारिखमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
प्रभावशाली खेलाडी ऋषभ पन्त लखनउ सुपर जायन्ट्सका कप्तान हुन् । मेगा अक्सनमा लखनउले ऋषभलाई २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण