सर्वोच्च अदालतको आदेशलाई प्रभावित पार्ने गतिविधि नगर्न केसीलाई चेतावनी (विज्ञप्तिसहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डा बद्री केसीले बृहत् एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वअध्यक्ष डा शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २०८० चैत २१ को आदेशअनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश विपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ । अदालतको निर्णयको उल्लङ्घन गर्ने कुनै पनि कार्य समितिका लागि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। साथै, समितिले एनआरएनए समुदायलाई एकता प्रक्रियामा सहभागी भई अदालतको आदेशअनुसार महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ।
यस्तै परराष्ट्र मन्त्रालयमार्फत अदालतको आदेश कार्यान्वयन प्रक्रिया अघि बढिरहेको समेत उल्लेख छ ।
एनआरएनएको बद्री केसी पक्षले मंगलबार, नेपाली समय अनुसार साँझ ५ बजे डा उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भीम उदास लगायतले सम्बोधन गर्नेगरी कार्यक्रम राखेसँगै समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण