सर्वोच्च अदालतको आदेशलाई प्रभावित पार्ने गतिविधि नगर्न केसीलाई चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डा बद्री केसीले बृहत् एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वअध्यक्ष डा शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २०८० चैत २१ को आदेशअनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश विपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ । अदालतको निर्णयको उल्लङ्घन गर्ने कुनै पनि कार्य समितिका लागि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। साथै, समितिले एनआरएनए समुदायलाई एकता प्रक्रियामा सहभागी भई अदालतको आदेशअनुसार महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ।
यस्तै परराष्ट्र मन्त्रालयमार्फत अदालतको आदेश कार्यान्वयन प्रक्रिया अघि बढिरहेको समेत उल्लेख छ ।
एनआरएनएको बद्री केसी पक्षले मंगलबार, नेपाली समय अनुसार साँझ ५ बजे डा उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भीम उदास लगायतले सम्बोधन गर्नेगरी कार्यक्रम राखेसँगै समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबिनाको गजल ‘मदहोस’ सार्वजनिक
-
देशमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात
-
रोनाल्डोले उम्मेदबारी त्यागेपछि ब्राजिलियन फुटबल महासंघको अध्यक्षमा रोड्रिग्स पुनःनिर्वाचित
-
‘चीनले संसारलाई चकित पार्ने विकास गरिसक्यो, छिमेकी भएर पनि हामीले फाइदा लिन सकेनौँ’
-
अमेरिकामा १२ अर्ब डलर लगानी गर्दैछ हुन्डाई
-
सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी