पाटन उच्च अदालतले रोक्यो विशाल बजार कम्पनीको साधारण सभा
काठमाडौँ । पाटन उच्च अदालतले विशाल बजार कम्पनीको बुधबार हुन लागेको साधारण सभा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय ठंकप्रसाद गुरूङ र ऋषी राजभण्डारीको संयुक्त इजलासले फागुन २८ गतेका लागि तोकिएको साधारण सभा रोक्न आदेश दिएको हो ।
विशाल बजार कम्पनीका शेयरधनी सुनिल कुमार शाक्यसहित ११ जना शेयरधनीले साधारण सभा लगानीकर्ताको हित र कानुन विपरीत भएको दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा निवेदकले माग गरेअनुसार हुनु नपर्ने भए १५ दिनभित्र कारण खुलाउन समेत उच्च अदालतले आदेश जारी गरेको छ ।
यसअघि कम्पनीले माघ २९ गते सूचना जारी गर्दै साधारण सभा आह्वान गरेको थियो । कम्पनीले २०७१/७२ देखि २०७५/७६ सम्मको विवरण पारित गर्ने तथा शेयरधनीलाई १४ प्रतिशत अन्तरिम लाभांश दिने प्रस्तावसहित साधारण सभा बोलाएको थियो ।
शेयर बजारकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको सो कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण