पाटन उच्च अदालतले रोक्यो विशाल बजार कम्पनीको साधारण सभा

काठमाडौँ । पाटन उच्च अदालतले विशाल बजार कम्पनीको बुधबार हुन लागेको साधारण सभा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय ठंकप्रसाद गुरूङ र ऋषी राजभण्डारीको संयुक्त इजलासले फागुन २८ गतेका लागि तोकिएको साधारण सभा रोक्न आदेश दिएको हो ।
विशाल बजार कम्पनीका शेयरधनी सुनिल कुमार शाक्यसहित ११ जना शेयरधनीले साधारण सभा लगानीकर्ताको हित र कानुन विपरीत भएको दाबी गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा निवेदकले माग गरेअनुसार हुनु नपर्ने भए १५ दिनभित्र कारण खुलाउन समेत उच्च अदालतले आदेश जारी गरेको छ ।
यसअघि कम्पनीले माघ २९ गते सूचना जारी गर्दै साधारण सभा आह्वान गरेको थियो । कम्पनीले २०७१/७२ देखि २०७५/७६ सम्मको विवरण पारित गर्ने तथा शेयरधनीलाई १४ प्रतिशत अन्तरिम लाभांश दिने प्रस्तावसहित साधारण सभा बोलाएको थियो ।
शेयर बजारकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको सो कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित