साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
काठमाडौं । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको हो ।
वाशिंटन समेत युक्रेनलाई खुफिया जानकारी दिन र सुरक्षा सहायतामाथिको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ । जुन तत्काल बहाल गर्ने बताइँदैछ । तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘बल रुसको कोर्ट’मा भएका कारण यस प्रस्तावलाई मस्कोसम्म लैजाने बताएका छन् । रुबियोले यो प्रस्ताव पूर्ण युद्धविरामका लागि भएको र जुन गोलीबारी रोक्नका लागि भएको उल्लेख गरेका छन् ।
यसैसन्दर्भमा पल एडम्सले लेखेका छन्, ‘अब यस्तो लागिरहेको छ कि सार्वजनिक रुपमा रुसको मनसाय पर्खिनु पर्ने समय आइसक्यो ।’ यो विषय साउदी अरेबियामा अमेरिकी र युक्रेनी टोलीबीच भएको वार्तापछि बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण