नेविसंघ इकाई उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी
बुधबार, २८ फागुन २०८१, १२ : ५२
काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनमा सुदिप बाबु बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाई उपसभापति समेत रहेका बस्नेतले आफ्नै आधिकारिक उम्मेदवारका विरुद्धमा बागी उम्मेदवारी दिएका हुन् ।
निःशुल्क सेनिटरी प्याड अभियानका सह–संयोजक समेत रहेका बस्नेतले अन्य थुप्रै सामाजिक कार्य गर्दै आएका छन् । एम्नेस्टी ईन्टरनेश्नलको मिनभवन शाखा सदस्य, नेपाल जेसिजमा आबद्ध तथा हाम्रो टिम नेपालमा आबद्ध भएर सामाजिक कार्य गर्दै आएका छन् ।
नेविसंघमा ठुला नेताहरूले हस्तक्षेप गरेको भन्दै उनले स्ववियु सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण