एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
सुर्खेत। स्ववियु निर्वाचनलाई लिएर विद्यार्थीहरूले सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन्। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेको हो ।
अनेरास्ववियुका कर्णाली प्रदेश सहइन्चार्ज अमर शाहीले क्याम्पस प्रशासन र निर्वाचन टिमले एकलौटी र अपरिपक्व निर्णय गरेकाले विवाद भएको बताए । ‘कुरा नमिल्दाखेरि हाम्रो साथीहरू आवेगमा आउँदा त्यस्तो अवस्था सृजना भएको हो,’ उनले भने, ‘निर्वाचन समितिले राजीनामा दिनुपर्छ।’
विद्यार्थी कार्यकर्ताले ढुंगामुढा गरेपछि क्याम्पसको संरचनामा क्षति भएको बताइएको छ। यता निर्वाचन समितिले भने असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ।
सूचना जारी गर्दै निर्वाचन अधिकृत प्रेम थापाले निर्वाचन कार्यतालिका अनुसार मङ्गलवार उम्मेदवारी दर्ताका क्रममा विवाद भएको बताएका छन् ।
‘विवाद समाधान गरेर निर्वाचन गतिविधि अगाडि बढाउने प्रयास गरिए पनि सम्भव भएन । त्यसपछि निर्वाचन समितिको बैठकले निर्णय गरे बमोजिम प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रिया थप सुरु गर्न खोज्दा विद्यार्थीहरूले नाराबाजी गर्दै तोडफोड गरे,’ सूचनामा भनिएको छ, ‘अवस्था असहज भएपछि शान्ति सुरक्षा एवम् सार्वजनिक सम्पत्तिको क्षतिलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नहुने बेलासम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको छ।’
यता जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण