दुई जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस
बुधबार, २८ फागुन २०८१, २२ : २६

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बुधबार २ जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबारमा कार्यरत ज्ञानेन्द्रबहादुर बस्नेत रहेका छन् ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको सचिवालयले जानकारी दिएको छ ।