फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
बिहीबार, २९ फागुन २०८१, १० : ४७
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको बताएका छन् ।
होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गर्दै सन्देशमा उनले पर्वको महत्त्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु भएको बताएका छन् ।
‘चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन् । नेपाल सभ्यता र संस्कृतिमा धनी छ । आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण