अस्ट्रेलियाका पूर्व स्पिनर कोकेन तस्करीको मुद्दामा दोषी ठहर
सिड्नी । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिल कोकेन तस्करीको मुद्दामा दोषी ठहरिएका छन्। ५४ वर्षीय म्याकगिललाई अप्रिल २०२१ मा एक किलोग्राम कोकेन बेचेको आरोप लगाइएको थियो। यसको मूल्य ३.३० लाख अस्ट्रेलियन डलर थियो।
मुद्दाको सुनुवाइ बिहीबार भएको थियो। सिड्नी जिल्ला अदालतको एक निर्णायक मण्डलले म्याकगिललाई घटनामा संलग्न भएको तर कुनै पनि गिरोहको सदस्य नभएको पाएको थियो। यस मुद्दामा ८ हप्ता पछि सजाय सुनाइनेछ।
म्याकगिलले अस्ट्रेलियाका लागि ४४ टेस्ट खेल खेलेका छन्। यसमा उनले २०८ विकेट लिएका छन्। उनले एकदिवसीय ढाँचामा ३ खेलबाट ६ विकेट पनि लिएका छन्।
यसैबिच, अभियोजकले अदालतलाई बताएअनुसार म्याकगिलले आफ्नो नियमित लागुऔषध व्यापारीलाई सिड्नीको एक रेस्टुरेन्टमा नजिकका नातेदार मारिनोस सोटिरोपोलोससँग परिचय गराएका थिए। यसको जवाफमा म्याकगिलले आफूलाई सम्झौताको बारेमा थाहा नभएको बताए। सरकारी वकिल म्याकगिलको संलग्नता बिना यो सम्झौता सम्भव नहुने निष्कर्ष निकाल्यो।
म्याकगिल गत वर्ष अपहरणको मुद्दामा पनि जोडिएका थिए। म्याकगिलले आफूलाई अपहरण गरिएको दाबी गरे पनि म्याकगिललाई अपहरण गर्ने दुई दाजुभाइले पूर्व क्रिकेटर आफ्नै इच्छाले आफूहरूसँग आएको दाबी गरे। यस घटनामा, लागुपदार्थ र समलैंगिकताको मुद्दा पनि बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण