जिल्ला अदालतहरूले उठाए १ अर्ब २३ करोड जरिवाना रकम, ३२ अर्ब बढी रकम असुल गर्न बाँकी
काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ मा सबै जिल्ला अदालतहरूले असुल गर्नुपर्ने जरिवानाको रकम ४४ अर्ब ५० करोड ३२ लाख रुपैयाँ रहेको छ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलसामु पेस गरेको प्रतिवेदनअनुसार विभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्तलाई सो बराबर जरिवाना निर्धारण भएको हो ।
जसमध्ये एक अर्ब २३ करोड ४३ लाख रुपैयाँ अर्थात् २७.८३ प्रतिशत जरिवाना रकम मात्रै असुल भएको छ । ३२ अर्ब ११ करोड ९६ लाख रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।
गत आवमा फैसला कार्यान्वयनका लागि जिल्ला अदालतहरूमा परेका निवेदनहरूको जम्मा संख्या ६४ हजार ६६७ रहेकोमा सोमध्ये ३२ हजार २९९ फर्छ्यौट भई ३२ हजार ३६८ मुद्दा बाँकी रहेका छन् ।
समग्र न्यायपालिकाहरूका लागि गत आवमा कुल ८ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये ६ अर्ब ९२ करोड ९८३ प्रतिशत० रकम निकासा भई खर्च भएको पनि सर्वोच्चले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण