पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकको बारेमा जानकारी दिएका हुन् ।
शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो भने राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गर्नुभएको छ ।’
पेस्कोभले पुटिन र ट्रम्प चाँडै भेट्ने पनि बताए। यद्यपि, उनले यो बैठक कहिले हुनेछ भनेर खुलाएनन् ।
उनका अनुसार स्टिभ अमेरिका फर्केपछि उनले ट्रम्पलाई भेट्नेछन् र पुटिनसँगको भेटको अपडेट दिनेछन् । त्यसपछि ट्रम्प र पुटिनबिचको भेटको मिति तय गरिनेछ।
यद्यपि, उनले दुवै नेताले यस विषयमा सँगै छलफल गर्नुपर्नेमा सहमति भएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण