पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकको बारेमा जानकारी दिएका हुन् ।
शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो भने राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई हस्तान्तरण गर्नुभएको छ ।’
पेस्कोभले पुटिन र ट्रम्प चाँडै भेट्ने पनि बताए। यद्यपि, उनले यो बैठक कहिले हुनेछ भनेर खुलाएनन् ।
उनका अनुसार स्टिभ अमेरिका फर्केपछि उनले ट्रम्पलाई भेट्नेछन् र पुटिनसँगको भेटको अपडेट दिनेछन् । त्यसपछि ट्रम्प र पुटिनबिचको भेटको मिति तय गरिनेछ।
यद्यपि, उनले दुवै नेताले यस विषयमा सँगै छलफल गर्नुपर्नेमा सहमति भएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
-
आईपीएलको अंकगणित : हैदराबाद बाहिरिने नजिक, विराटलाई सर्वाधिक रन बनाउने मौका
-
ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि
-
औँला भाँचिएपछि सन्दीप शर्मा आईपीएलबाट बाहिरिए