बाल सुधार गृह झडप : ४३ जना डिस्चार्ज (अपडेट)
बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप परेर घाइते भएका ४९ जनामध्ये ४३ जना डिस्चार्ज भएका छन् । बाँकी ५ जना भेरी अस्पताल र एक जना नेपालगन्ज नर्सिङ कलेजमा उपचाररत रहेका छन् । सुधार गृहमा राखिएका (बालक) दुई पक्षबिचको झडपमा परेका ४९ जनालाई आज दिउँसो उपचारको लागि अस्पताल पठाइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दुई समूहबिच भएको झडपमा परेर अस्पताल पुगेका ४३ जनालाई डिस्चार्ज गरिएको र बाँकी ६ जना अझै अस्पतालमा रहेको रातोपाटीलाई बताए । उनले ६ जनामध्ये ४ जनालाई पनि आजै राति डिस्चार्ज गर्ने सम्भावना रहेको बताए ।
सुधार गृहमा झडपपछि आगजनी समेत भएको थियो । बालबन्दीहरुले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचरमा आगजनी गरेका थिए । बालबन्दीहरुले सुधार गृहको तल्लो तलामा आगजनी गरेर ध्वस्त बनाएका छन् । प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएका २ सय ५५ बढी बालबन्दीमध्ये करिब ७० जनालाई अन्यत्र सार्ने तयारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जोशीले करिब ७० जनलाई अर्को बाल सुधार केन्द्र नौबस्ता लैजाने तयारी भएको बताए । सुधार गृहको एउटा तला आगजनी गर्दा तत्काल बस्न नमिल्ने अवस्था भएको छ । सुरक्षाको दृष्टिकोणले पनि समस्या हुने भएकोले अर्को बाल सुधार केन्द्रमा लैजाने तयारी गरिएको जोशीले बताए ।
अर्को बाल सुधार गृहमा प्रायः १८ वर्ष कटेका किशोरहरूलाई लैजाने तयारी गरिएको छ । स्थानीय प्रशासनले गृह मन्त्रालयको सल्लाहमा अलि धेरै लफडा गर्ने थप २५ जनालाई अन्यत्र लैजाने योजना बताएको समेत जोशीले रातोपाटीलाई बताए ।
सुधार गृहमा १२ जना प्रहरी सिभिल ड्रेसमा बस्ने गर्दछन् । गत वर्ष असोजमा पनि सुधार गृहमा झडप एक बाल बन्दीको मृत्यु भएको थियो। केही दिन अघि मात्रै बालबन्दीले तीन जना प्रहरीलाई समेत कुटेका थिए ।
यसअघि पनि झडप गर्नेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । अहिले सुधारगृह वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण