चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
काठमाडौँ । भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु ५० हजार एक राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ ।
उहाँलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मानपत्र र खादा ओढाउँदै सम्मान गरे । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ ।
सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए । उनी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित रहेका छन् । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उनको मात्र चित्र राखिएका छन् ।
साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो भने प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण