घरजग्गा कारोबार : फागुनमा चार अर्ब राजस्व सङ्कलन
काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ ।
विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो ।
मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण