एकीकृत समाजवादीको दैलेख अध्यक्षमा मयाराम अधिकारी
आइतबार, ०३ चैत २०८१, ०८ : ५९
सुर्खेत। नेकपा एकीकृत समाजवादीको दैलेख जिल्ला अध्यक्षमा मयाराम अधिकारी निर्वाचित भएका छन्। समाजवादीको ८ औं जिल्ला अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।
तत्कालीन जिल्ला अध्यक्ष जंगबहादुर शाहीले उपनिर्वाचनमा पार्टी परित्याग गरी एमालेबाट महावु गाउँपालिका अध्यक्ष बनेका थिए । त्यसपछि सभापतिविहीन रहेको पार्टीको जिम्मेवारी अधिकारीले नै सम्हाल्दै आएका थिए ।
यस्तै अधिवेशनबाट ५१ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा जगत पन्त, राज बहादुर शाही, सचिवमा दीपक हमाल, उपसचिवमा सुरेन्द्र बहादुर शाही, मीन बहादुर बस्नेत, टीका देवी सिंह निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण