एकीकृत समाजवादीको दैलेख अध्यक्षमा मयाराम अधिकारी
आइतबार, ०३ चैत २०८१, ०८ : ५९

सुर्खेत। नेकपा एकीकृत समाजवादीको दैलेख जिल्ला अध्यक्षमा मयाराम अधिकारी निर्वाचित भएका छन्। समाजवादीको ८ औं जिल्ला अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।
तत्कालीन जिल्ला अध्यक्ष जंगबहादुर शाहीले उपनिर्वाचनमा पार्टी परित्याग गरी एमालेबाट महावु गाउँपालिका अध्यक्ष बनेका थिए । त्यसपछि सभापतिविहीन रहेको पार्टीको जिम्मेवारी अधिकारीले नै सम्हाल्दै आएका थिए ।
यस्तै अधिवेशनबाट ५१ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा जगत पन्त, राज बहादुर शाही, सचिवमा दीपक हमाल, उपसचिवमा सुरेन्द्र बहादुर शाही, मीन बहादुर बस्नेत, टीका देवी सिंह निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न