आईपीएलभन्दा वृहत् फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने तयारीमा साउदी सरकार
काठमाडौँ । साउदी अरबले विश्वकै सबैभन्दा महंगो र वृहत फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदलाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउने उद्देश्यले साउदीले यस्तो तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई पनि पछि पार्ने उद्देश्यले साउदीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरिएको छ । साउदी अरबले प्रारम्भिक चरणमा यो प्रतियोगिताका लागि पाँच सय मिलियन अमेरिकी बडल खर्च गर्ने भएको छ ।
यसका अतिरिक्त साउदीले महिला लिग पनि सुरु गर्ने भएको छ । साउदीको यो योजनामा अस्ट्रेलियाका क्रिकेट विशेषज्ञँ र अस्ट्रेलियन क्रिकेटरहरुको संघले पनि साथ दिने बताइएको छ । यो प्रतियोगिता साउदी अरब सरकारले खेलकुदका लागि छुट्याएको बजेटबाट आयोजना गरिने छ ।
यसैगरी, केही वहुराष्ट्रिय कम्पनीहरुले पनि यो प्रतियोगितामा लगानी गर्ने बताइएको छ । साउदी सरकारले सन् २०२० देखि फुटबल, टेनिस, गल्फ, फर्मुला वन रेसजस्ता खेलमा निकै ठुलो रकम लगानी गर्दै आएको छ ।
यसका अतिरिक्त, साउदी अरब सरकारले फिफा विश्वकप आयोजनाका लागि प्रस्ताव गर्ने तयारी पनि गरिरहेको छ । साउदीमा आयोजना हुने भनिएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्रान्डस्लाम टेनिस’ को ढाँचामा खेलाइने बताइएको छ ।
लिगको सुरुवाती चरणमा आठवटा टोली सहभागी हुनेछन् । वर्षभरी यी आठ टोलीले विभिन्न राष्ट्रमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि फाइनल भिडन्त भने साउदी अरबमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण